logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलमा कोरोना सङ्क्रमणबाट एक नेपालीको मृत्यु


अंकुरण खबर
728
Shares

इजरायलमा कार्यरत सिन्धुपाल्चोककी एक महिलाको कोरोनाको कारण मृत्यु भएको छ ।

अक्टोबर ४ मा एक महिलाको कोरोनाको कारण ज्यान गएको र उनको परिवारको सहमतिमा इजरायलमै अन्तिम संस्कार गरिएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलमा पछिल्लो समय सङ्क्रमणको अवस्था तिब्र रुपमा बढ्दै गएकाले सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ ।

इजरायल सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्दै सङ्क्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन इजरायलका लागि नेपाली राजदूत डा. अन्जना शाक्यले अनुरोध गरेकी छन् ।