logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२० हजार ८ सय ६७ जना होम आइसोलेसनमा


अंकुरण खबर
806
Shares

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ ।

मंगलबार ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमितमध्ये २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १३ हजार ७ सय ३३ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै प्रदेश १ मा २ हजार ४ सय ५५, प्रदेश २ मा ४ सय ८२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, सुदूरपश्चिम प्रदेशमा ६ सय ९२, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ५६० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।