logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमितको संख्या झन्डै ४ करोड पुग्यो


अंकुरण खबर
702
Shares

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या ३ करोड ८३ लाख ४७ हजार ९ सय ५५ पुगेको छ ।

यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या विश्वभर १० लाख ९० हजार नाघेको छ ।

कोरोना भाइरसका संक्रमितमध्ये विश्वभर २ करोड ८८ लाख ४० हजार व्यक्ति संक्रमण मुक्त भएका छन् । विश्वभर हाल ८४ लाख १६ हजार ८ सय ६१ सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ८० लाख ९० हजार नाघेको छ । अमेरिकामा थप ५१ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख २० हजार पुगेको छ । अमेरिकामा थप ८ सय २३ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । अमेरिका पछि दक्षिण एसियाली मुलुक भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको सूचीमा दोस्रो नम्बरमा छ ।

भारतमा अहिलेसम्म ७२ लाख ३७ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघेको छ ।

भारत पछि ब्राजिलमा संक्रमितको संख्या ५१ लाख १४ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५१ हजार पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा नेपाल भने ३८ औं स्थानमा छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ भने ७८ हजार ७ सय ८० जना संक्रमण मुक्त भएका छन् ।

नेपाल हाल ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।