logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु


अंकुरण खबर
832
Shares

कोराना संक्रमणका कारण विभिन्न जिल्लामा थप ५ जनाको मृत्यु भएको छ ।

सुनसरी, मोरङ, लमजुङ र नवलपरासीमा संक्रमितको मृत्यु भएको हो । मोरङको सुन्दर हरैचा र बुढीगंगामा एक–एक जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर पाँचकी ४९ वर्षीया महिला र विराट शिक्षण अस्पतालमा बूढीगंगा–३ बाँसबारीका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा होम आइसोलेसनमा बसेका ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बेशिशहर नगरपालिका–२ लमजुङका ५६ वर्षिय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै नवलपरासीको सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।