मकवानपुरमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ ।
आज बिहान सार्वजनिक गरिएको नतिजामा मकवानपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जन स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले जानकारी दिएका छन् ।
हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा ७९ जनामा कोरोना पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका ७३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै बकैया गाउँपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र जिल्ला बाहिरका ३ जनामा पनि कोरोना पुष्टि भएको छ ।