logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि घट्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
741
Shares

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार छापावाला सुन बुधबार ६०० रूपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ६०० रूपैयाँले घटेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२०५ रुपैयाँमा कारोबार भएको छ ।