logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वामदेवको मुद्दाको सुनुवाइ आजपनि स्थगित, अब दशैंपछि


अंकुरण खबर
702
Shares

राष्ट्रियसभामा मनोनीत गरेको विषयमा वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ बुधबार(आज) पनि नहुने भएको छ ।

कोरोना भाइरसबाट न्यायाधीशहरु संक्रमित भएपछि प्रभावित भएको सो मुद्दाको सुनुवाई अझै पछि धकेलिने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार संवैधानिक इजलास नतोकेकाले वामदेव मुद्दा पछि धकेलिएको हो । सर्वोच्चमा साताको बुधबार र शुक्रबार संवैधानिक इजलास तोकिन्छ ।

बर्दियाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपनि राष्ट्रियसभा सदस्य रहेका गौतमविरुद्ध दायर भएको रिटमा निवेदक, सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको छ ।

असोज २१ गते हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो । उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो ।

आज मुद्दाको सुनुवाइ स्थगित भएपछि कात्तिक १९ गतेपछि मात्र सुनुवाइ हुने सम्भावना छ । असोज १ गतेदेखि घटस्थापना सुरु भएपछि दसैंअवधिमा अदालत बिदा हुने छ ।

गौतमको हकमा अन्य कुरा केही नभए पनि मन्त्रिपरिषद विस्तार भएमा भने सर्वोच्चको आदेशले समस्या पर्नेछ । सरकारले पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन गर्ने भने पनि सकेको छैन । गौतम पक्षका केही कानुन व्यवसायी र निवेदकको जवाफी बहसमात्र बाकी रहेको छ । यो सकिएलगत्तै सर्वोच्चले आफ्नो निर्णय सुनाउने छ ।