सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।
ओलीलाई भेट्न प्रचण्ड आज पनि बालुवाटार पुगेका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध नेकपाकै सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिलाई लिएर केही दिनयता दुई अध्यक्षबीच छलफल चलिरहेको छ ।
मंगलबारको भेटपछि मुख्यमन्त्री शाही लगायत कर्णाली प्रदेशका नेकपा पदाधिकारीलाई काठमाडौं बोलाइएको छ । उनीहरुलाई बिहीबार सँगै राखेर छलफल गर्ने बताइएको छ । सोही विषयमा अध्यक्षद्वयले छलफल गर्ने प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ ।