logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध लागूऔषध गाँजा सहित पक्राउ


अंकुरण खबर
572
Shares

प्रहरीले रौतहट, कटहरिया नगरपालिका-५ पानी ट्याङकीस्थित सडकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार कटहरिया नगरपालिका-१ भसेढबाखोर टोल बस्ने २२ वर्षीय संजय दासलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।