logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइसियु बेड कुर्दा कुर्दै कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
676
Shares

बुटवलमा दुई दिनदेखि आइसीयु बेडको प्रतीक्षामा रहेकी संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी ७७ वर्षीया महिलाको आइसियु बेड खाली हुने प्रतीक्षामा रहेकै अवस्थामा मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले बताए ।

गत असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी सुनवल–९, नवलपरासीकी ती वृद्धालाई तत्कालै आइसियुमा राख्नु पर्ने भए पनि बेड अभावका कारण प्रादेशिक अस्पतालको फिवर क्लिनिक सेन्टरमा राखिएको थियो ।

बुटवलको धागो कारखानामा अवस्थित अस्थायी कोरोना विशेष अस्पतालमा आइसियु बेड खाली भएपछि बिरामीलाई स्थानान्तरण गर्ने क्रममा बाटौमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुका रोगी तथा रगतको कमी भएकी ती वृद्धाको बुधबार २ बजे लुम्बिनी प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि रुपन्देहीमा आइसियु बेडको अभाव भएको छ ।