logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितलाई क्षति हुने भन्दै लोकसेवाको परीक्षा यथास्थितिमा राख्‍न सर्वोच्चको आदेश


अंकुरण खबर
1.222K
Shares

सर्वोच्च अदालतले लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेर कारोना संक्रमणका कारण अन्तर्वार्तामा सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै सूचना प्रविधि विज्ञ पदको काम-कारबाही यथास्थितिमा राख्‍न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले राजपत्रांकित प्रथम श्रेणीको सूचना प्रविधि विज्ञ पदको काम(कारबाही यथास्थितिमा राख्‍न अन्तरिम आदेश जारी गरेको हो ।

रमेशराज सुवेदीले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै दायर रिटमा यस्तो आदेश भएको हो । सुवेदी सूचना प्रविधि विज्ञमा आन्तरिक प्रतिस्पर्धाबाट भएको प्रतिस्पर्धामा उत्तीर्ण भएको र अन्तर्वार्ताका लागि समेत छनोट भएका थिए । अन्तर्वार्ताका लागि असार ३१ का लागि तय भएको मिति सारिएको र साउन २९ गते उक्त परीक्षाको लिखित नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया रद्द गरिएको थियो ।

तर, सुवेदी कोरोनाबाट संक्रमित भएपछि असोज २९ को सूचनाअनुसार परीक्षा सञ्चालन भएमा सुविधा सन्तुलनको दृष्टिकोणबाट उनलाई अपूरणीय क्षति हुन जाने भन्दै मुद्दा नटुंगिएसम्म सूचना प्रविधि विज्ञको परीक्षा नगर्न आदेशमा भनिएको छ ।