logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दलित हत्याको विषयमा सर्लाहीमा झडप, प्रहरीसहित एक दर्जन घाइते


अंकुरण खबर
1.742K
Shares

दलित हत्याको विषयलाई लिएर कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको टोली र प्रहरीबीच झडप हुदाँ एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएका छन् ।

गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो । टोल९टोलबीच ढुंगामुढा हुँदा रामको ढुंगाले लागेर मृत्यु भएको थियो । त्यसमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन् ।

बुधबार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका हुन् । आफूहरुले भीड नियन्त्रण गर्न लाठी चार्ज गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहले बताए ।

मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ । आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न माग गरेका छन् ।