logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु


अंकुरण खबर
806
Shares

कोरोना भाइरसको संक्रमणबाट तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट भीमाद नगरपालिका-६ का ९८, ७५ र ७२ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित वीएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको हो ।

९८ वर्षीय बाबु बिरामी परेपछि चितवन लगिए पनि पछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनमा कोरोना पुष्टि भएपछि परीक्षण गराउँदा बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि कोरोना देखिएको थियो ।

योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।