logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको निधन


अंकुरण खबर
546
Shares

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको निधन भएको छ ।

योसहित देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज दुई हजार ६ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी आइसियूमा तीन सय पाँचजना र भेन्टिलेटरमा ७० जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।