logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा ७० जना कोरोना संक्रमित भेन्टिलेटरमा, ३०५ जना आईसीयूमा


अंकुरण खबर
702
Shares

नेपालमा कोरोना संक्रमितमध्ये ७० जनाको विभिन्न अस्पतालका भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ, प्रदेश २ मा एक र बागमती प्रदेशमा ५६ जना भेन्टिलेटरमा छन् ।

यस्तै लुम्बिनी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा तीन जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशका विभिन्न अस्पतालका आईसीयूमा ३०५ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ३९, प्रदेश २ मा १९, बागमतीमा १६६ जना संक्रमित आईसीयूमा छन् ।

गण्डकीमा ६, लुम्बिनीमा ५३, कर्णालीमा १८ र सुदूरपश्चिममा चार जना संक्रमित आईसीयूमा छन् ।