चितवनमा थप ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टी भएको छ ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा बुधबार रातिसम्म आएको थप नतिजामा ५९ जनामा पोजेटीभ देखिएको हो । २ सय ८१ वटा नमुना परीक्षण गर्दा ५९ वटामा पोजेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन् ।
संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका रहेका छन् । भरतपुरमा १९ जना पुरुष र ११ जना महिलामा कोभिड पोजेटीभ देखिएको हो । त्यस्तै ३ वर्षीय बालकालाई समेत संक्रमण देखिएको छ ।