logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धुलिखेल अस्पतालमा उपचाररत बनेपाका कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
702
Shares

कोरोना संक्रमण पुष्टि भएका बनेपाका एक जनाको मृत्यु भएको छ ।

एक महिनादेखि धुलिखेल अस्पतालमा भेन्टिलेटरमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

मधुमेहको समेत समस्या भएका उनी भदौ २७ गतेदेखि अस्पतालमा उपचाररत थिए ।

मृतक पुरुषकै ४५ वर्षका भाइको असोज १८ गते कोरोना संक्रमणकै कारण उपचारका क्रममा मृत्यु भएको थियो ।