logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोशी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
728
Shares

कोरोना भाइरसको संक्रमणबाट कोशी अस्पताल (कोभिड-१९)उपचार केन्द्र विराटनगरमा दुई जनाको मृत्यु भएको छ ।

अस्पतालमा उपचाररत एक जनाको आज बिहान र एक जनाको गएराति मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार आज बिहान विराटनगर महानगरपालिका–५ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई असोज २१ गते कोरोना संक्रमण देखिएको थियो । त्यहि दिन अस्पताल भर्ना भएका उनलाई उच्चरक्तचाप, मधुमेह र पिसाबसम्बन्धी समस्या रहेका थिए।

त्यस्तै, सुनसरीको धरान–१५ का ६६ वर्षीय बृद्धको गएराति उपचारका क्रममा मृत्यु भएको हो । उनलाई असोज २६ गते कोरोना संक्रमण देखिएको थियो ।

श्वासप्रश्वासको समस्या भएपछि बुधबार बिहान अस्पताल भर्ना गरिएको थियो । उनलाई मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या रहेको थियो।