logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

राष्ट्रिय झण्डा ओढाएर सभामुखद्वारा सांसद शिवालाई अन्तिम श्रदाञ्‍जली


अंकुरण खबर
1.287K
Shares

सत्तारूढ नेकपाकी सांसद सानु शिवा पहाडीको अन्त्येष्टि गरिएको छ ।

बुधबार निधन भएकी उनको बिहीबार बिहान अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि अघि सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा बुधबार निधन भएको थियो ।

उनले भारतमा पुगेर मिर्गौला प्रत्यारोपण गराएकी थिइन् भने पाठेघरमा देखिएको ट्युमरको शल्यक्रिया गरिएको थियो । पछिल्लो समय उनको मुटुमा भल्भ राखिएको थियो।

ताप्लेजुङको फुङलिङमा जन्मिएकी उनलाई २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमालेले इलामबाट समानुपातिक सांसदमा चयन गरेको थियो । राजनीतिका साथसाथै उनी जनवादी गीतसंगीतको क्षेत्रमा समेत क्रियाशील थिइन्। उनका ‘नरोए आमा’ र ‘बाँचेछु भने’ गरी दुईवटा एल्बम प्रकाशित छन् ।