logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोह्रखुट्टेमा ग्यास विष्फोट, ३ जना घाइते


अंकुरण खबर
1.261K
Shares

काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ ।

विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार, ‘ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । ३ जना घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ ।’

घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।