ललितपुर महानगरपालिका–१० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका–९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिन छन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अल्का अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।