logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झलनाथ खनालको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुँदै


अंकुरण खबर
3.679K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ ।

उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ’, उनले भने, ‘चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।’

उनलाई रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो ।