logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा तीन दिनको शिशुमा पनि देखियो कोरोना पुष्टि


अंकुरण खबर
585
Shares

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा तीन दिने शिशुमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य संयोजक नवलकिशोर महत्वका अनुसार सुत्केरीसहित तीन दिनका शिशुमा पनि कोरोना पुष्टि भएको हो ।

२५ वर्षकी सुत्केरीसहित शिशुमा कोरोना देखिएको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । उनले भने, “यी महिला, शिशु र घरका अन्य दुई परिवार गरेर चार जनामा कोरोना पोजेटिभ देखिएको छ, यहाँ पुरुषको तुलनामा सङ्क्रमित महिला सङ्ख्या बढी नै रहेको छ, भारदेउमा रहेको बैंकका एक कर्मचारीमा कोरोना देखिदा हिजोबाट एक हप्ताका लागि यो बैंक पनि बन्द भइसकेको छ ।” कोञ्ज्योसोममा सङ्क्रमित सङ्ख्या १३ रहेको महत्वले जानकारी दिए ।

ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।