logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा  थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३,५६४  जना डिस्चार्ज


अंकुरण खबर
702
Shares

नेपालमा थप ३७४९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३७४९  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ३५६४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योेसँगै ८४ हजार ५१८ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म ६९४ जनाको मृत्यु भएको छ।