धनगढीमा ग्यास विस्फोटमा परेर गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
लिक भएको ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी धनगढी उप–महानगरपालिका वडा नम्बर ८ की ६५ वर्षीया बिर्मादेवी बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान लिक भएको ग्यास बाल्न खोज्दा बिस्फोट भएर बिष्ट घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बिर्माको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको बताए।
ग्यास विस्फोटमा परेर घाइते भएका उनका पति हरिलाल बिष्ट र नातिनीको अवस्था भने खतरामुक्त रहेको छ । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ ।