पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ८४ हजार ५ सय १८ संक्रमित उपचारपछि निको भएका छन् ।
आज मन्त्रालयका अनुसार १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा १२ लाख ३७ हजार ६ सय ३६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।