logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ लाख बढी, संक्रमितको संख्या ४ करोड नजिक


अंकुरण खबर
702
Shares

कोरोना भाइरसका कारण आक्रान्त बनेको विश्वमा हालसम्म ११ लाख २ हजार ८४४ जनाको मृत्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७० हजार ८८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या ८६ लाख ७९ हजार ३२७ रहेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म १ लाख २१हजार ७सय ४५ जना संक्रमित भएका छन् भने, ८४ हजार ५ सय १८ जना संक्रमण मूक्त भएका छन् । हालसम्म कोरोनाकै कारण ६ सय ९४ जनाले ज्यान गुमाई सकेका छन् ।