रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको शुक्रबार बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए ।
गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था विग्रिँदै गएपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
शुक्रबार एक्कासी स्वास्थ्य झन् जटिल भएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमित ४६ जनाको मृत्यु भएको छ ।