काठमाडौंको मुलपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
गएराति बा १८ प ८४२१ नम्बरको मोटरसाइकल मूलपानी क्रिकेट मैदान नजिकको सडकमा दुर्घटना हुँदा सिन्धुपाल्चोकका ४२ वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएको तामाङको उपचारको क्रममा शंखरापुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक स्थायी घर भएका उनी काठमाडौं बस्दै आएका थिए ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।