मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनिय रुपमा सक्रिय छैन ।
अहिले प्रदेश १ बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राती प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।