logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा रुकुम पश्चिमका एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
650
Shares

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ का कोरोना संक्रमित ३३ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई असोज २१ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा उनमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

बिरामीको समस्याअनुसार उपचार गरिए पनि बिस्तारै स्वास्थ्य अवस्था जटिल बनेको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि शुक्रबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

अहिले शव व्यवस्थापनको प्रक्रिया चलिरहेको छ ।

बाँकेमा यससहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।