logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको संक्रमणबाट गण्डकीमा पहिलोपल्ट सुरक्षाकर्मीको मृत्यु


अंकुरण खबर
741
Shares

कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी बल नेपालका कर्मचारीको मृत्यु भएको छ ।

कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार राति ११ः३० बजेतिर सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीय पुरुष कर्मचारी छन् । बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनी सशस्त्र प्रहरी बल, मुस्ताङमा कार्यरत थिए ।

असोज २५ गते मणिपाल शिक्षण अस्पताल भर्ना भएका उनमाा असोज २७ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।