कर्णालीमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ ।
सुर्खेत गुर्भाकोट नगरपालिकाका २२ वर्षीय पुरुषको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो ।
सुर्खेत गुर्भाकोट नगरपालिकाका पुरुष असोज २८ मा घरमै शौचालय गएको बेला बेहोस भएर ढलेका थिए । उनलाई तत्काल प्रदेश अस्पताल लगिएको थियो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार मृतकको फोक्सोमा हावा भरिएको र कोरोना परीक्षण गर्दा पजेटिभ देखिएको थियो ।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।