logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन ३९ संक्रमित थपिएपछि दार्चुलामा निषेधाज्ञा


अंकुरण खबर
1.196K
Shares

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले समुदायमा संक्रमण फैलिन नदिन महाकाली नगरपालिका ४ को सम्पूर्ण क्षेत्र र वडा नं. ५ को गल्फै, ऐरान, तल्लासैन र मोहती क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।

बिहीबार रातिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा लागू गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ज्वोत्सना भट्ट जोशीले बताइन् । महाकाली नगरपालिका ४ र ५ मा कन्ट्याक्ट ट्रेसिङ गरिएका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा लगाएको जनाएको छ । यो अवधिमा आवतजावतमा पनि पूर्ण रोक लगाइएको छ ।

निषेधाज्ञा अवधिभर अस्पताल, औषधि पसललगायत अन्य स्वास्थ्यसम्बन्धी निकाय र सुरक्षा निकायबाहेक अन्य कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द हुनेछन् ।

बिहीबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएका थिए । उनीहरुमध्ये १४ जना सशस्त्र प्रहरी ४४ नम्बर गण हेडक्वाटर दार्चुलाका सुरक्षाकर्मी, दुई जना जिल्ला कारागार दार्चुलाका कैदीहरु, तीन जना रेडक्रस दार्चुलाका र बाँकी मोहतीका स्थानीय रहेका छन् ।