logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकैदिन थपिए ४३ सय ९२ जना कोरोना संक्रमित


अंकुरण खबर
1.183K
Shares

नेपालमा थप  ४३९२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४३९२  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर ३५२२   जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ८८ हजार ४० जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट अहिलेसम्म ७१५ जनाको मृत्यु भएको छ ।