logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए २,४०२ जना कोरोना संक्रमित


अंकुरण खबर
884
Shares

काठमाडौं उपत्यकामा थप २,४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २,४०२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंमा १,७८४ जना, भक्तपुरमा २४४ जना र ललितपुरमा ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो केही सातायता काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दर उच्च रहेको छ ।