Breaking Newsअन्तर्वार्ता

सुरक्षित तवरले कटिया हाउस सञ्चालनमा ल्याएका छौं, कोरोना कहरमा सरकारले सहयोग गरेन : मधुसुधन ढकाल

कोरोना भाइरसका कारण विश्व त्रासित छ । यो भाइरसकै कारण नेपालमा पनि हरेक क्षेत्र प्रभावित भएका छन् । अर्थतन्त्र थलिएको छ । अझै पनि भाइरसको प्रकोप कहिलेसम्म रहने टुङ्गो नभएको अवस्थामा हरेक क्षेत्र अन्योलतामा रुमलिएका छन् । यसको बढी मार होटल तथा रेष्टुरा व्यावसायमा परेको छ । वर्तमान परिस्थितिमा होटल तथा रेष्टुरेन्ट व्यावसायीले भोगेका समस्या, कोरोना भाइरस संक्रमणबाट जोगिन र जोगाउन अप्नाइएका सुरक्षाका उपाय र सरकारसंगका अपेक्षाका बारेमा अंकुरण खबरका लागि लेकाली किचन एण्ड कटिया हाउसका सञ्चालक मधुसूदन ढकालसंगको कुराकानी…

विदेशी खाना र रेडिमेट खानाका स्वादको प्रभावले नयाँ पुस्ताले परम्परागत खाना विस्तारै भुल्दै गएको पाइन्छ । बजारमा पाइने अधिकांश अस्वस्थकर र विषादीयुक्त खानाले स्वास्थ्यमा गम्भीर असर पु¥याई रहेको बेला लेकाली किचन एण्ड कटिया हाउसले अर्गानिक र परम्परागत खाना ग्राहक सामु ल्याएको छ ।

छोटो समयमै लोकप्रिय :
छोटो समयमा नै निकै लोकप्रियता कमाएको रेष्टुरेन्ट हो, लेकाली किचन एण्ड कटिया हाउस् । विशेषतः नेपाली परम्परागत खानाका पारखीहरूलाई लक्षित गर्दै काठमाडौंको सिनामंगलमा यो रेष्टुरेन्ट संचालनमा रहेको छ ।

रेष्टुरेन्टमा पाइने मुख्य परिकारहरु :
यो रेष्टुरेन्टमा लोकल खसीको कटिया, थकाली खाना, लोकल कुखुराको मासु, च्याङ्ग्राको सुकुटी, कालिज,बट्टाईको मासुको परिकार, कोदो, मकै र फापरको ढिँडो, मार्सी चामलको भात, मुस्ताङको आलुका परिकार लगाएतका विशेष परिकार पाइन्छ ।

सुरक्षाका सबै मापदण्ड अबलम्वन :
छोटो समयमा नै धैरै ग्राहको रोजाई बनेको यो रेष्टुरेन्ट पनि कोरोनाका कारण लामो समय बन्द भयो । सरकारले लकडाउन खुकुलो बनाएसंगै सुरक्षाका निश्चित मापदण्ड पुरा गर्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याउन सकिने व्यवस्था गरेपछि यो रेष्टुरेन्ट पुनः सञ्चालनमा आएको छ । रेष्टुरेन्टमा सुरक्षाका सबै मापदण्ड पुरा गरेको बताउछन् सञ्चालक मधुसुदन ढकाल । उनका अनुसार रेष्टुरेन्टमा कार्यरत सबै कर्मचारीलाई पीपीई को व्यवस्था गरिएको छ । आउँने ग्राहकलाई पनि हात धुने सेनिटाइज गर्ने लगाएतका सुरक्षाका प्रक्रिया पुरा गरेर मात्र रेष्टुरेन्ट प्रवेश गराइएको छ ।

कोरोनाका कारण समस्या, कर्तव्यहीन सरकार :
यो विषम परिस्थितिमा पनि ३५,४० प्रतिशत ग्राहक आउँने र ग्राहकको रोजाई अनुसार सबै परिकार साविककै जस्तो बनाउने गरेको ढकाल बताउछन् । कोरोनाका कारण व्यावसायमा घाटा परेको भन्दा सरकारले गरेको व्यावहारले आफु जस्ता धेरै युवा उद्यमीलाई झनै पीडा थपेको उनको बुझाई छ । उनले भने  “अहिले हाम्रो देश मात्र हैन विश्व जगतनै समस्या छ । यस्तो बेला सरकार आफै समस्यामा परेकाले हामीले ठुलो अपेक्षा गर्नु पनि हुन्न । तर कर तिर्न, बैंकको व्याज तिर्न केही सहुलियत दिए हुन्थो, व्यावसायनै बन्द छ समयमै कर नतिरे व्याज नतिरे जरिवाना लग्छ के यो राज्यको गैरजिम्मेवारी पन भएन र ।” व्यावसायीहरुलाई आफ्नो पेशामा टिकी रहन र विदेशीने युवालाई रोक्न राज्यले यो बेला सकेसम्म सहुलियत दिई अभिभावकत्व देखाउनु पर्ने बेला उल्टो तनाव दिएको छ । राज्यबाट पाउने हरेक सुविधा वास्तविक व्यावसायीले भन्दा पहुँचका आधारमा नक्कली व्यावसायीले पाएको भन्दै ढकालले गुनासो गरे ।

रेष्टुरेन्ट पत्रकारिता हुँदै पुनः रेष्टुरेन्ट व्यावसाया :
सुखमा नमातिनु र दुखमा नआतिनु भन्ने कुरा राम्री बुझेका ढकाल पहिले रेष्टुरेन्ट व्यावसाय त्यसपछि पत्रकारिताको अनुभव बटुल्दै पुनः रेष्टुरेन्ट व्यावसायमा फर्किएका हुन् ।

भावी लक्ष्य :
संभव भएसम्म नेपालका कुना कन्दरामा रहेका खाद्य सामग्री प्रयोग गरि स्वस्थ वद्र्धक र स्थानीय स्वाद पस्कन कुनै कसर बाकी नराख्ने ढकालले बताए । कोरोना भाइरसको प्रभाव हटेपछि कटिया हाउसले राजधानीका केही स्थान र भविष्यमा देशका मुख्य मुख्य स्थानमा रेष्टुरेन्टको ब्रान्च खोल्ने लक्ष्य राखेकोे छ ।

अहिले नेपालीहरुको महान पर्व वडादशैं नजिकिदो छ । दशैंको अवसरमा लेकाली किचन एण्ड कटीया हाउस फुलपातीदेखि एक साताको लागि बन्द रहने र त्यसपछि पुनः सञ्चालनमा आउने छ । ढकालले कोरोना भाइरसको संक्रमण र मृत्युदर बढ्दो भएकाले दशैं दशा नबनाई पूर्ण रुपमा सुरक्षित तवरले मनाउनको लागि सबैमा अनुरोध गर्दै शुभकामना व्यक्त गरे ।

Comment here