logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हवल्दार दम्पति ४ लाख घुस लिएको आरोपमा पक्राउ


अंकुरण खबर
1.079K
Shares

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

उनकी श्रीमती निर्मला केवट पनि पक्राउ परेकी छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल छेउबाट शुक्रबार घुस सहित नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

एक जना अभियुक्तलाई धरौटीमा छुटाउन सहयोग गरेवापत घुस लिन लागेको भन्ने सूचनाका आधारमा हवल्दार र उनकी श्रीमती पक्राउ परेको जनाइएको छ ।