logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैंका बेला भौतिक दूरी कायम गर्दै देशभरका सबै शक्तिपीठ खोल्न विश्व हिन्दू महासङ्घको माग


अंकुरण खबर
1.729K
Shares

विश्व हिन्दू महासङ्घले नेपालीको महान् चाड बडादशैँका अवसरमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर देशभरका शक्तिपीठ खोल्न माग गरेको छ ।

सरकारले कोरोना फैलिरहेका बेला अन्य क्षेत्र कहिले आंशिक त कहिले पूरा खुला गरेको उल्लेख गर्दै महासङ्घले नेपालीको आस्थाको केन्द्र मन्दिर पनि बडादशैँका अवसरमा सुरक्षित तरीकाले खोल्न आह्वान गरेको हो ।

महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेश नेउपानेले शुक्रबार विज्ञप्ति जारी अन्य क्षेत्र खुला गरेर मन्दिरमात्र बन्द गरिनु संविधान प्रदत्त धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन् । बडादशैँका अवसरमा शक्तिपीठ खुला गरी सुरक्षित तरीकाले पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाउन महासङ्घले माग गरेको छ ।

महासङ्घ लगायत संस्थाले पशुपति मन्दिर लगायत शक्तिपीठ खुला गरिनुपर्ने माग गर्दै तीन साताअघिदेखि पशुपति क्षेत्रमा दीप प्रज्ज्वलन गर्दै आएका छन् ।

नेपालीको महान् चाड बडादशैँ आजदेखि शुरु भएको छ । आज पहिलो दिन घर घरमा घटस्थापना गरी समृद्धिको प्रतीक जमरा राखिन्छ ।

त्यहीँ दुर्गाभवानीको आह्वान गरी नवरात्रभर विशेष पूजा आराधना गरिन्छ । वर्षभर आवश्यक पर्ने विभिन्न शक्ति प्राप्तिका लागि नवरात्रका बेला साधना गर्ने शास्त्रीय विधान छ ।