logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कात्तिक १५ गतेसम्म सर्वोच्च मातहतका सबै अदालत बन्द


अंकुरण खबर
1.95K
Shares

सर्वोच्च अदालतसहित मातहतका सबै अदालत बन्द भएका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको हो ।

शुक्रबार सूचना प्रकाशित गर्दै सर्वोच्च अदालत प्रशासनले यो जानकारी गराएको हो । सूचना अनुसार आजदेखि कात्तिक १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइ हुनेछैन ।

अदालतले हरेक वर्ष हिन्दुहरुको महान पर्व दसैंको अवसरमा घटस्थापनाको दिनदेखि पूर्णिमासम्म अदालत बन्द गर्दै आएको छ ।

बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ भने टीकाको दिन र शनिबारबाहेक अन्य दिन बिहान ११ देखि दिउँसो ३ बजेससम्म हुने अदालतले जनाएको छ ।