नेपालमा थप ३१ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३१ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर १८०० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ८९ हजार ८४० जना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट अहिलेसम्म ७२७ जनाको मृत्यु भएको छ ।