logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण वरिष्ठ पत्रकार मास्केको निधन


अंकुरण खबर
832
Shares

वरिष्ठ पत्रकार वैकुण्ठमान मास्केको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ ।

लामो समय मिर्गौला रोगबाट पीडित ८२ वर्षीय मास्केको शुक्रबार निदान अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।

उनको नेपाली सेनाले पशुपतिस्थित शवदाहगृहमा शुक्रबारै अन्त्येष्टि गरेको थियो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका वरिष्ठ पत्रकार मास्के नेपाली चलचित्र उद्योगका पहिलो पुस्ताका छायाकार समेत हुन। उनले ‘मनको बाँध’लगायतका नेपाली फिल्महरुमा छायाकारको रुपमा भूमिका निभाएका थिए ।

मास्केले भारतको पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्टिच्यूट अफ इन्डियाबाट उच्च शिक्षा हासिल गरेका थिए ।  । मास्केका श्रीमती र एक छोरी छन् ।