logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संखुवासभा पहिलो पटक कोरोना संक्रमित मृत्यु


अंकुरण खबर
1.612K
Shares

संखुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण धर्मदेवि नगरपालिकाका-३ का ७९ वर्षिय पारथमणी पौडेलको शनिबार मृत्यु भएको हो ।

बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पिसिआर परिक्षणका लागि पठाएको थियो । विहिबार आएको रिर्पोटमा पौडेलको रिर्पोट पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए ।

पौडेललाई संक्रमण देखिएपछि एम्वुलेन्स उनको घरमा गएपनि उनि आइसोलेसनमा जान मानेका थिएनन् । आइसोलेसनमा नगएका पौडेलको घरमै मृत्यु भएको हो ।

कोरोना संक्रमित वृद्धको शव नेपाली सेनाको जिम्मा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।