पर्साको वीरगन्जबाट साढे २२ किलो सुन बरामद भएको छ ।
भारतीय नागरिक आशोक सिन्हाको कोठामा छापा मार्दा प्रहरीले शनिबार २२ किलो ५०० ग्राम सुन बरामद गरेको हो ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–६, रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । सुन नीलो प्लास्टिकमा पोको पारेर राखिएको थियो । अवैध सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । प्रहरीले अवैध सुनको अनुसन्धान गरिरहेको जनाएको छ ।