logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेरो खातामा आएको दसैं भत्ता कट्टी गरियोस् : सांसद भीम रावल


अंकुरण खबर
949
Shares

सत्तारुढ नेकपाका सांसद डा.भीम रावलले आफूलाई दिइएको दसैँ भक्ता फिर्ता लिन माग गरेका छन्।

कानून विपरीत संघीय संसदका सदस्य र उनीहरुका स्वकीय सचिवलाई दसैँ भक्ता वितरण गरेपछि विरोध भइरहेका बेला रावलले उक्त रकम नलिने घोषणा गरेका हुन्।

सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातातमा दसैँ भक्ता पठाएको छ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका रावलले ट्वीटरमा लेखेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’

उनले दसैँ भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्नेसमेत उल्लेख गरेका छन्।

राष्ट्रियसभा सदस्य रहेका नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठले भने गत चैतदेखि नै तलब भक्ता लिएका छैनन्।

संघीय तथा प्रदेश सांसदको लविङ गत वर्ष सरकारले मन्त्री र सांसदलाई समेत दसैँ भक्ता दिने निर्णय गरेको थियो।