logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुर जीप दुर्घटना  : ज्यान गुमाएका पाँच जनाकै परिचय खुल्यो


अंकुरण खबर
1.651K
Shares

उदयपुरमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाकै परिचय खुलेको छ । घाइते तीनै जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

आइतबार विहान उदयपुरको कटारी नगरपालिका वडा नम्बर १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की, त्यही ठाउँका २६ वर्षका कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षका खड्गबहादुर सार्की, ३५ वर्षकी नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरीसेका ३० वर्षका महेशबहादुर बिकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको स्कार्पियो ब्रेक फेल भएर दुर्घटना हुदाँ सडकबाट करिव नौ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।