logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

सार्वजनिक यातायात चढ्दा अब अनिवार्य फेस सिल्ड लगाउनु पर्ने


अंकुरण खबर
1.989K
Shares

सार्वजनिक यातायातमा यात्रा गर्दा अब अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन् ।

मास्क लगाएजस्तो अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुपर्ने उनले बताए । साथै फेस सिल्डको व्यवस्थापन भने यात्रु आफैले गर्नुपर्ने भुषालले जनाए । उनले फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने बताए ।

यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ । यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो । अब भने मास्कसँगै फेस सिल्डको पनि अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।

विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो ।