logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किनौँ : जनार्दन शर्मा


अंकुरण खबर
2.314K
Shares

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले सांसदलाई दशैं भत्ता दिनुभन्दा भेन्टिलेटर किन्न प्रस्ताव गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै शर्माले कोरोना महामारीको समयमा सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो खातामा आएको रकम कालिकोटका पूर्व लडाकुलाई दिने बताएका छन् । शर्माले कोरोना महामारीको यस्तो सङ्कटमा सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किन्न पनि आग्रह गरेका छन् ।

नेकपाका अर्का स्थायी कमिटी सदस्य भीम रावलले पनि सांसद भत्ता फिर्ता लैजान भनेका छन् ।