logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने


अंकुरण खबर
1.053K
Shares

सरकारले होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड शंशोधन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड(१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७७’ दोस्रो संशोधन गर्दै उक्त निर्णय गरेको हो।

पछिल्लो समय धेरै संक्रमितको मृत्यु हुँदा शव व्यवस्थान गर्न कठिनाइ भएको भन्दै सरकारले परिवारले नै शव व्यवस्थापन गर्ने गरी मापदण्ड तयार गरेको हो ।

साथै संक्रमितको घरमै मृत्यु भएको अवस्थामा परिवारले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नु पर्ने भनिएको छ । त्यसपछि परिवार र अन्तिम संस्कारमा सहभागी हुनेहरूले सजकता अपनाइ शवको अन्त्यष्टि गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

यसअघि भने संक्रमितको मृत्यु भए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्दै आएको थियो ।