नेपाल नर्सिङ काउन्सिलको आगामी मंसिर १३ गते हुने भनिएको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) को केन्द्र काठमाडौंमा मात्र हुने भएको छ ।
सरकारले यातायातका साधन सबै सुचारु गरेपछि काउन्सिलले काठमाडौंमा मात्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
काउन्सिलले यसअघि प्रदेशगत रुपमा लाइसेन्स परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।
प्रविणता प्रमाणपत्र तह ९पिसिएल०, बिएससी नर्सिङ र नेसनल लाइसेनिङ एक्जामिनेसनमा सहभागी हुने विद्यार्थीले व्याचलर इन मिडवाइफरी साइन्स उत्तीर्ण भएको हुनुपर्ने काउन्सिलले जनाएको छ ।
काउन्सिलले असोज ४ गतेदेखि कात्तिक ३ गतेसम्म परीक्षामा सहभागी हुन अनलाइन फारम भर्नुपर्ने म्याद तोकेको छ । अनलाइन फारम exam.nnc.org.np मा गई भर्न सकिने छ ।
सो मितिमा परीक्षा फारम भर्न छुटेका विद्यार्थीले दोब्बर दस्तुर तितेर कात्तिक ४ गतेदेखि १५ गतेसम्म फारम भर्न सक्ने काउन्सिलले जनाएको छ ।
कोभिड–१९ का कारण परीक्षा सामेल हुने सबै विद्यार्थीले अनिवार्य मास्क अगाएर आउन पनि काउन्सिलले अनुरोध गरेको छ । सबै परीक्षार्थीको ज्वरो पनि नापिने छ ।
परीक्षामा करिब तीन हजार परीक्षार्थी सहभागी हुने काउन्सिलले अनुमान गरेको छ ।